Kathmandu Press

नेकपा ओली पक्षको स्थायी कमिटी बैठक सुरु 

काठमाडौं, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षले स्थायी समिति बैठक सुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु भएको...
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक सुरु 

काठमाडौं, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षले स्थायी समिति बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको उत्पन्न परिस्थितिका बारेमा छलफल  गर्नका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले स्थायी समिति बैठक बोलाएका हुन्।

बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’, नेम्वाङ लगायत सहभागी छन्। 

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचतको मिति घोषणा गरेकी थिइन्।

यद्यपी, लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो।

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्