पार्टी सचिवालय बैठक बोलाउन दुवै अध्यक्षसँग बामदेवको माग
काठमाडौ, फागुन १२ : नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् ।गौतमले प्रेस विज्ञप्ती जारी गर्दै संसद विघटन बदर भएपछिको...
काठमाडौ, फागुन १२ : नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् ।
गौतमले प्रेस विज्ञप्ती जारी गर्दै संसद विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पार्टी सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।
‘नेकपा उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री केपी ओलीलाई ढिला नगरी पदबाट राजीनामा दिन अनुरोध गर्छु ।’
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको फैसलालाई गौतमले ऐतिहासिक भनेका छन् ।
प्रकाशित मिति: १०:३९ बजे, बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











