Kathmandu Press

नेकपा ओली पक्षको आकस्मिक स्थायी कमिटी बैठक बस्दै 

काठमाडौं, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल...
नेकपा ओली पक्षको आकस्मिक स्थायी कमिटी बैठक बस्दै 

काठमाडौं, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएकोहो ।

आकस्मिक भनिएको बैठकको एजेन्डा भने खुलाईएको छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको उत्पन्न परिस्थितिका बारेमा छलफल हुने बुझिएको छ ।

बैठक ११ बजेलाई बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचतको मिति घोषणा गरेकी थिइन्।

यद्यपी, लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो।

प्रकाशित मिति: ०८:३६ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्