बोइङ ७७७ विमानका पार्टपूर्जा जमिनमा खस्नुको दोष कसको ?
गत साताको अन्त्यमा अमेरिकाको युनाइटेड एयरलाइन्सको बोइङ ७७७ विमानका पार्टपुर्जा आकाशमा उडिरहेको समयमा जमिनमा खसेको विषयले विश्वव्यापी चर्चा पायो । उडिरहेको विमानका पार्टपुर्जा...गत साताको अन्त्यमा अमेरिकाको युनाइटेड एयरलाइन्सको बोइङ ७७७ विमानका पार्टपुर्जा आकाशमा उडिरहेको समयमा जमिनमा खसेको विषयले विश्वव्यापी चर्चा पायो । उडिरहेको विमानका पार्टपुर्जा जमिनमा खस्नु आफैंमा चिन्ताको विषय हो । जब जलिरहेको विमानका पार्टपुर्जा आकाशबाट कुनै ठूलो सहर या बस्तीमा खस्छ, त्यसले उड्डयन समुदायका लागि समस्या उत्पन्न गर्छ नै ।
युनाइटेड एयरलाइन्सको फ्लाइट ३२८ गत शनिबार डेन्भरबाट होनोलुलुका लागि उडेको केही समयपछि इन्जिनमा समस्या देखियो । राष्ट्रिय यातायात सुरक्षा बोर्डले गरेको प्रारम्भिक अनुसन्धानमा इन्जिनमा जडित दुईवटा फ्यान ब्लेड चर्किएको देखियो, जो रेथियोन टेक्नोलोजी कर्पोरेसन र ह्विट्नी आर्मले निर्माण गरेको हो ।
विमानवाट झरेको अंश आवास क्षेत्रमा खस्यो तर संयोगवश कुनै ठूलो क्षति भएन । तर, घटनालगत्तै जापान र बेलायतले आफ्ना सबै बोइङ ७७७ विमानलाई ग्राउन्डेड गरे । बोइङले पनि तत्काल नियामक निकायको छानविनमा सहयोग गर्न बोइङ ७७७ विमानको अपरेसन अस्थायी रूपमा रोक्ने जानकारी दियो ।
युनाइटेड एयरलाइन्सको उक्त बोइङ ७७७ विमानको उडान सन् १९९५ मा सुरु भएको थियो । २४ वर्ष लगातार उडिसकेको विमानको डिजाइन या अन्य सिस्टममा समस्या भएको भए त्यो देखिन यति लामो समय लाग्ने थिएन । र, त्यसलाई विमान निर्माता कम्पनी बोइङको गल्ति मान्न सकिन्थ्यो । त्यसैले इन्जिनबाहेक ७७७ मोडेलको विमानमा अरू केही सुधार गर्नुपर्छ भन्ने सुझाव दिनुपर्ने कुनै कारण देखिँदैन ।
इन्जिन निर्माता प्राट र ह्विट्नीमाथि भने केही कडा प्रश्न छन् । ‘यस सप्ताहन्तमा भएको घटना जसमा फ्यान ब्लेड चर्किएको कारण इन्जिनमा समस्या आएको थियो, यो सन् २०१८ मा युनाइटेड एयरलाइन्सकै विमानमा आएको समस्यासँग मिल्दोजुल्दो छ,’ प्रारम्भिक अनुसन्धानमा खटिएका एक अधिकारीले लुमबर्ग न्युजसँग भने ।
एनटीएसबीले प्राटले पर्याप्त परीक्षण मापदण्ड नअपनाएको बताउँदै एउटा शृंखला नै तयार पारेको थियो । र, इन्जिन निर्माता कम्पनीले सुधारात्मक कदमजस्तै पुरै नौ हजार ६ सय फ्यान ब्लेडको पुनः निरीक्षण गर्नुका साथै सुधारात्मक कार्यहरू गरेको बताएका थिए ।
अहिले नै ठ्याक्कै गलत भयो भन्नु हतारो हुनेछ । तर नियामक निकायको कार्यशैलीमा कमजोरी हुन सक्छ । या त निरीक्षण वा मर्मतको समयमा कमजोरी भएको हुन सक्छ । तर, प्राट मात्रै पुरानो ७७७ मोडेलका लागि एक मात्र इन्जिन आपूर्तिकर्ता होइन । र, यसले बोइङ वाइड बडी विमानको नयाँ संस्करणको लागि प्रोपल्सन सिस्टम बनाउँदैन । सन् १९९९ मा बोइङले प्रतिद्वन्द्वी इन्जिन निर्माता जनरल इलेक्ट्रिक कम्पनीसँग एक विशेष सम्झौता गरेको थियो ।
- ब्लुमबर्ग डट कमबाट