Kathmandu Press

देशका केही स्थानमा शुक्रबारसम्म हल्का बर्षा 

काठमाडौं, फागुन १२ : जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।हाल प्रदेश १, गण्डकी प्रदेश,...
देशका केही स्थानमा शुक्रबारसम्म हल्का बर्षा 

काठमाडौं, फागुन १२ : जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।

हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेपनि अन्य भूभागहरूमा मौसम सामान्यतया सफा  रहेको छ ।

आज दिउँसो १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक –दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार र शुक्रबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आज राती देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रकाशित मिति: ०७:२२ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्