Kathmandu Press

सर्वोच्चको फैसला विवादित भन्दै प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने 

काठमाडौं, फागुन १२ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।मंगलबार राति...
सर्वोच्चको फैसला विवादित भन्दै प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने 

काठमाडौं, फागुन १२ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।

मंगलबार राति १० बजे थापाले फेसबुकमार्फत लेख्दै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि कार्यान्वयन गर्नुपर्ने तर प्रधानमन्त्रीको राजीनामा नआउने प्रष्ट पारेका हुन् ।

उनले भविष्यमा यस फैसलाका दुष्प्रभावहरू देखिदैं जाने निश्चित भएको, राजनीतिक समस्या हल नहुने र अस्थीरता, सत्ताको खेल अझै वढ्ने समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्, प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन। 

प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्