Kathmandu Press

सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुपर्छ : थापा

काठमाडौं, फागुन ११ : राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने बताएका छन्।मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी...
सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुपर्छ : थापा

काठमाडौं, फागुन ११ : राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने बताएका छन्।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरेको छ। यसको स्वागत गर्दै थापाले भनेका छन्, 'प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलावारे तर्कवितर्क गर्नसकिन्छ। तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुपर्छ।'

तैपनि उनले अब भने निर्वाचनमा जानु पर्ने जिकिर गरेका छन्। उनले ट्वीट गर्दै भनेका छन्, 'यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो।'

Hardik ivf

 

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्