Kathmandu Press

तानाशाह बन्ने ओलीको प्रयास विफल : रविन्द्र मिश्र

काठमाडौं, फागुन ११ : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाह बन्ने प्रयास विफल...
तानाशाह बन्ने ओलीको प्रयास विफल : रविन्द्र मिश्र

काठमाडौं, फागुन ११ : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाह बन्ने प्रयास विफल भएको जनाएका छन्।

उनले सर्वोच्चको फैसलालाई ऐतिहासिक भनेका छन्। मिश्रले ट्वीट गरेका छन्, 'जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ।'

उनले लोकतन्त्रको चीरहरण गर्ने प्रधानमन्त्री ओलीको प्रयास विफल भएको बताएका छन्। मिश्रले भनेका छन्, 'लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ।'

 

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्