Kathmandu Press

संसद् पुनःस्थापना गर्ने सर्वोच्चको ऐतिहासिक फैसला : देउवा

काठमाडौं, फागुन ११ : प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि सबै दलका नेताले स्वागत गरेका छन्।नेपाली काग्र्रेस सभापति शेरबहादुर देउवाले...
संसद् पुनःस्थापना गर्ने सर्वोच्चको ऐतिहासिक फैसला : देउवा

काठमाडौं, फागुन ११ : प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि सबै दलका नेताले स्वागत गरेका छन्।

नेपाली काग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्। उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर सर्वोच्चको फैसलालाई ऐतिहासिक भनेका छन्।

देउवाले ट्वीट गर्दै भनेका छन्, 'सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखिनै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो। सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ।'

उनले सर्वोच्चको फैसलालाई कांग्रेस स्वागत गरेको बताएका छन्।

 

 

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्