Kathmandu Press

राजिनामाको हल्ला कुनामा बसेर गरिएको षडयन्त्र : महान्यायाधीवक्ता खरेल

‘म महान्यायाधीवक्ता अग्‍निप्रसाद खरेलले पदबाट राजिनामा दिएको छैन,’ उनले फोनमा भने, ‘राजिनामा गर्ने परिस्थिति पनि होइन, राजिनामा गर्ने सोच पनि छैन। यो कुनै कुनामा बसेर गरिएको षडयन्त्र हो।’
राजिनामाको हल्ला कुनामा बसेर गरिएको षडयन्त्र : महान्यायाधीवक्ता खरेल

काठमाडौं, फागुन ११ : महान्यायाधीवक्ता अग्‍निप्रसाद खरेलले आफूले राजिनामा दिएको हल्ला कुनामा बसेर गरिएको षडयन्त्र बताएका छन्।

काठमाडौं प्रेससँग कुरा गर्दै खरेलले आफूले राजिनामा दिएको हल्ला सत्य नभएको बताएका हुन्।

‘म महान्यायाधीवक्ता अग्‍निप्रसाद खरेलले पदबाट राजिनामा दिएको छैन,’ उनले फोनमा भने, ‘राजिनामा गर्ने परिस्थिति पनि होइन, राजिनामा गर्ने सोच पनि छैन। यो कुनै कुनामा बसेर गरिएको षडयन्त्र हो।’

मंगलबार बिहानदेखि नै खरेलले पदबाट राजिनामा दिँदै गरेको हल्ला चलेको थियो।

प्रकाशित मिति: ११:४२ बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्