Kathmandu Press

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं, फागुन ११ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली...
डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं, फागुन ११ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् ।

 आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । 

ललितपुरस्थित निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका उनलाई चिकित्सकहरूले न्युरो–इन्डोक्राइनको ट्युमर हुन सक्ने बताएका थिए । 

डा. भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । 

प्रकाशित मिति: ११:२७ बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्