Kathmandu Press

बिश्वमा कोरोना : २४ घन्टामा छ हजार पाँच सय २२ जनाको मृत्यु 

काठमाडौं, फागुन ११ : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा छ हजार पाँच सय २२ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त...
बिश्वमा कोरोना : २४ घन्टामा छ हजार पाँच सय २२ जनाको मृत्यु 

काठमाडौं, फागुन ११ : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा छ हजार पाँच सय २२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका एक हजार तीन सय ७४ जनाको मृत्यु भएको छ भने ५९ हजार दुइ सय ५७ जना संक्रमित थपिएका छन् ।

ब्राजीलमा सात सय १६ जनाको मृत्यु भएको छ भने २९ हजार तीन सय ५७ जना संक्रमित थपिएका छन् ।

यसैगरी रुसमा तीन सय ३७ जना, फ्रान्समा तीन सय ३३ जना, इटालीमा दुई सय ७४ जना, जर्मनीमा तीन सय २९ जना, मेक्सिकोमा तीन सय १० जना इन्डोनेसियामा दुई सय दुई जना पेरुमा एक सय ६६ जना, बेलायतमा एक सय ७८ जना, स्पेनमा एक सय ७९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

हालसम्म विश्वमा ११ करोड २२ लाखभन्दा बढी संक्रमित भएका छन् भने २४ लाख ८४ हजार छ सय ६९ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति: ०८:३३ बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्