Kathmandu Press

संसद् पुनःस्थापनाको विकल्प छैन : पौडेल

सप्तरी, फागुन १० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडैलले संसद् पुनःस्थापनाको विकल्प नभएको बताएका छन्।मधेश सम्मान यात्राको क्रममा आज सप्तरीको बोदे बसाइनमा...
संसद् पुनःस्थापनाको विकल्प छैन : पौडेल

सप्तरी, फागुन १० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडैलले संसद् पुनःस्थापनाको विकल्प नभएको बताएका छन्।

मधेश सम्मान यात्राको क्रममा आज सप्तरीको बोदे बसाइनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुनःस्थापनाले मात्र मुलुकलाई स्थिरता दिने भएकाले पुनःस्थापनाको कुनै विकल्प नभएको जिकिर गरे। नेपाली कांग्रेसको न्यायालयमाथि विश्वास रहेकाले अहिले ठूलो आन्दोलनको घोषणा नगरेको स्पष्ट पार्दै उनले कांग्रेस संविधानको रक्षाको लागि आन्दोलन गरिरहेको बताए।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै पौडेलले संविधानको कुनै पनि धारामा संसद् विघटनको प्रावधान उल्लेख नरहेका कारण सर्वोच्च अदालतले पनि त्यही संविधानको धारा पढेर फैसला गर्ने विश्वास व्यक्त गरे।

मधेशलाई बचाउने र जोगाउने काम कांग्रेसले मात्र गर्न सक्ने दाबी गर्दै उनले मधेश र कांग्रेस एकार्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिर गरे। मधेशवादी दलले मधेशका मुद्दा छोड्नाका साथै आफ्नो पार्टीको नाममा पनि मधेशी शब्द छोडेको उनको भनाइ थियो।

प्रकाशित मिति: १९:३१ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्