Kathmandu Press

इटलीका राजदूतको कङ्गोमा हत्या

नैरोबी, फागुन १० : कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमा हत्या भएको छ।देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेसनल पार्कमा विश्व खाद्य कार्यक्रम...
इटलीका राजदूतको कङ्गोमा हत्या

नैरोबी, फागुन १० : कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमा हत्या भएको छ।

देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेसनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो।

पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अङ्ग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ।

सुरक्षा दलका अरु केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।

कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ। घटनाबारे थप विवरण सङ्कलन गर्ने क्रम चलिरहेको अधिकारीहरूको भनाइ छ।

प्रकाशित मिति: १८:५० बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्