Kathmandu Press

‘प्रतिबन्ध नहटाएसम्म वार्ता हुन सक्दैन’

काठमाडौं, फागुन १० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला सोमबार सर्वोच्च अदालतबाट रिहाइको आदेश पाउँदा पनि फेरि पक्राउ...
‘प्रतिबन्ध नहटाएसम्म वार्ता हुन सक्दैन’
धर्मेन्द्र बास्तोला

काठमाडौं, फागुन १० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला सोमबार सर्वोच्च अदालतबाट रिहाइको आदेश पाउँदा पनि फेरि पक्राउ परेका छन्।

उनी पुस २७ गते पक्राउ परेका थिए। अदालत परिसरमा कुराकानीका क्रममा उनले आफूहरु वार्ताका लागि सकारात्मक रहेको बताए। तर सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै बन्दी नेता–कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता हुन नसक्ने बताए।

सरकारले वार्ता गर्ने नै हो भने हो भने आफ्नो पार्टीको तर्फबाट एजेन्डा तयार भइसकेको उनले जानकारी दिए । 

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्