Kathmandu Press

प्रधानन्यायाधीश र प्रधानसेनापति भेट- घोडचढी पल्टनको जग्गा हस्तान्तरणबारे छलफल

प्रधानन्यायाधीशको कार्यकक्षमा भएको उक्त वार्तालाप सिंहदरबारस्थित सेनाको घोडचढी पल्टन बसेको जग्गाका विषयमा केन्द्रित रहेको जंगीअड्डाले जनाएको छ।
प्रधानन्यायाधीश र प्रधानसेनापति भेट- घोडचढी पल्टनको जग्गा हस्तान्तरणबारे छलफल

काठमाडौं, फागुन १० ? प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार करिब एक घण्टा वार्तालाप भएको छ।

प्रधानन्यायाधीशको कार्यकक्षमा भएको उक्त वार्तालाप सिंहदरबारस्थित सेनाको घोडचढी पल्टन बसेको जग्गाका विषयमा केन्द्रित रहेको जंगीअड्डाले जनाएको छ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट भएको पुष्टि गरे। उनका अनुसार आफ्नो नयाँ भवन र कम्प्लेक्स निर्माणका क्रममा सेनाको घोडचढी पल्टनले भोगचलन गर्दै आएको करिब नौ रोपनी जग्गा सर्वोच्च अदालतले प्राप्ति गर्दैछ।

हाल करिब ३७ रोपनी जग्गा उक्त पल्टनले भोगचलन गर्दै आएको छ। ‘सोही जग्गा हस्तान्तरण गर्नेलगायत विषयमा समन्वय गर्न प्रधानसेनापति सर्वोच्च अदालत जानुभएको हो,’ सैनिक प्रवक्ता पौडेलले काठमाडौं प्रेससँग भने।
 
प्रकाशित मिति: १६:४६ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्