Kathmandu Press

फुटबलको पहिलो फ्रेन्चाइज लिग वैशाख ११ गतेबाट

काठमाडौं, फागुन १० : नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल लिग आयोजना हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टको अयोजना र अखिल नेपाल फुटबल संघ...
फुटबलको पहिलो फ्रेन्चाइज लिग वैशाख ११ गतेबाट

काठमाडौं, फागुन १० : नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल लिग आयोजना हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टको अयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा नेपाल सुपर लिग (एनएसएल) वैशाख ११ गतेदेखि आयोजना हुने भएको हो।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै सुपर लिग आयोजना गर्ने जानकारी गराएको हो । दशरथ रंगशालामा वैशाख ११मा सुरु हुने प्रतियोगिता २५ गतेसम्म चल्ने छ। लिगमा ७ प्रदेशका ७ टिम सहभागी हुनेछन् ।

टिमका लागि खेलाडी अक्सनबाट लिइने छ । अक्सनका लागि एन्फासँगको सहकार्यमा खेलाडीलाई ‘ए’ देखि ‘डी’ ग्रेडसम्म वर्गीकरण गरिनेछ । अक्सनबाट प्रत्येक टिमले २० खेलाडी टिममा लिने छन् । लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् भने एकैपटकदुई खेलाडीले प्लेइङ सेट खेल्न पाउनेछन् ।

टिम नाम र मालिक भने यही महिनाभित्रै घोषणा गरिने आयोजकले जानकारी दिएको छ। विजेताको पुरस्कार रकम पनि पछि घोषणा गरिने बताइएको छ। लिगका लागि एन्फा र नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टबीच २०१९ जनवरी १ मै सम्झौता भएको थियो ।

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्