Kathmandu Press

प्रचण्ड–नेपाल समूहले टुंगो लगायो ६४ जिल्लाको नेतृत्व

काठमाडाै‌, फागुन १० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल समूहले पार्टीका विभिन्न कमिटी तथा जनसंगठनको जिम्मेवारी टुंगो लगाउने कार्यलाई तीव्रता दिएको छ । यसैक्रममा...
प्रचण्ड–नेपाल समूहले टुंगो लगायो ६४ जिल्लाको नेतृत्व

काठमाडाै‌, फागुन १० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल समूहले पार्टीका विभिन्न कमिटी तथा जनसंगठनको जिम्मेवारी टुंगो लगाउने कार्यलाई तीव्रता दिएको छ । यसैक्रममा सो समूहले ६४ जिल्लाको नेतृत्व टुंगो लगाएको छ। 

नेतृत्व टुंगिएका जिल्लाहरू प्रदेश १ का १४ मध्ये १३, प्रदेश २ का सबै ८, वाग्मती प्रदेशका १३ मध्ये १२, गण्डकी प्रदेशका ११ मध्ये ६, लुम्बिनी प्रदेशमा १२ मध्ये ७, कर्णालीका सबै १० र सुदूरपश्चिम प्रदेशका ९ मध्ये ८ वटा छन्।

नेतृत्व टुंगो लाग्न बाँकी जिल्लामा प्रदेश १ को मोरङ, वाग्मती प्रदेशको भक्तपुर, गण्डकी प्रदेशका तनहुँ, कास्की, मनाङ, मुस्ताङ र स्याङ्जा, लुम्बिनी प्रदेशका बर्दिया, प्युठान, अर्घाखाँची, पाल्पा, नवलपरासी, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर रहेका छन्।

त्यसैगरी सो समूहले काठमाडौं, ललितपुर, भरतपुर, वीरगन्ज गरी चार महानगरपालिकाको नेतृत्व पनि टुंगो लगाएको छ । शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले तय गरेको मापदण्डका आधारमा भागबन्डा गरेर यी जिल्ला नेतृत्व टुंगो लगाएको जनाइएको छ।         

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक रूपमा नेकपा विभाजित भएको हो । कानुनी रूपमा विभाजित भइनसके पनि नेकपामा ओली समूह र दाहाल–नेपाल समूहका रूपमा विभिन्न राजनीतिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।

ओली समूहले तीव्रताका साथ संगठन विस्तार गर्दै आए पनि प्रचण्ड–नेपाल समूह अन्योलमा पर्दा आन्तरिक रूपमा असन्तुष्टिका आवाजहरू उठ्न थालेपछि नेतृत्व चयनलाई तीव्रता दिएको जनाइएको छ। यसअघि साे समूहले रिक्त पद पूर्ति गर्दा ५०/५० प्रतिशत गर्ने सहितकाे मापदण्ड जारी गरेकाे थियाे ।

हेर्नुहोस् सूची :

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्