Kathmandu Press

सैन्य खतरा सामना गर्दै म्यानमारमा आम हडताल सुरु 

काठमाडौं, फागुन १० : जनरल मिन अङ लङले सत्ता कब्जा गरेको तीन सातापछि प्रजातन्त्रको पुनःस्थापनाको आह्वान गर्दै लाखौंले प्रदर्शनमा भाग लिने अपेक्षा गरिएको छ...
सैन्य खतरा सामना गर्दै म्यानमारमा आम हडताल सुरु 

काठमाडौं, फागुन १० : जनरल मिन अङ लङले सत्ता कब्जा गरेको तीन सातापछि प्रजातन्त्रको पुनःस्थापनाको आह्वान गर्दै लाखौंले प्रदर्शनमा भाग लिने अपेक्षा गरिएको छ । 

सोमबार म्यानमरमा  कर्फ्यु, सडक अवरुद्ध र धेरै मानिस रातारात गिरफ्तारको वावजुद पनि देशव्यापी रुपमा आम हड्ताल शुरु भएको छ । 

आइतबार नौपिडामा २० वर्षीय म्या थ्वाए थ्वाए खाएङको अन्त्येष्टिका लागि हजारौं मानिसहरु भेला भएका थिए । जसलाई फेबु्रवरी २०मा राजधानीमा भएको विरोध प्रर्दशनको क्रममा टाउकोमा गोली लागेको थियो । साता भरमा भएको हिंसामा परि कम्तिमा दुई जनाको मृत्यु भएको थियो । 

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर म्यानडलेमा पुलिसले भीडलाई तितरबितर पार्न प्रत्यक्ष गोली चलाए पछि १६ वर्षे युवकको मृत्यू भएको थियो । प्रदर्शनकारीले ‘जनतालाई उक्साई लडाईको बाटोमा लगिरहेको छ जहाँ उनीहरूले ज्यान गुमाउन सक्छन्’ भन्ने चेतावनीसाथ एक विज्ञप्ति सरकारी टेलिभिजनमा सौन्य सरकारले प्रसारण गरेको थियो ।

प्रदर्शनकारीले तीन साताअघि जनरलले सत्ता कब्जा गरेदेखि सम्भावित सबैभन्दा ठूलो प्रदर्शनको रुपमा सबै आवश्यक सेवाहरू बन्द गर्न राष्ट्रव्यापी हडतालको योजना गरिरहेका छन्। स्थानीय मिडियाले भने,‘देशको सबैभन्दा ठूलो खुद्राविक्रेता, सिटी मार्ट, अन्य निजी खुद्रा विक्रेताहरु र लाखौं व्यवसायीले आफ्नो व्यवसाय ‘फाइब टुवोज’क्रान्तिलाई समर्थन गर्दै बन्द गर्नेछ।’ 

आइतबार राती लोकप्रिय अभिनेता लू मीनलाई उनकै आवासबाट सेनाले हिरासतमा लिएको भिडियो सर्वजनिक भएपछि अरु धेरै मानिसहरुलाई सेनाले गिरफ्तार गरेको छ । 

राजनीतिक कैदीहरूका लागि सहयोगी संस्था (एएपीपी) का अनुसार विद्रोह सुरु भएदेखि ६ सय ४० जना पक्राउ परेका छन् र पाचँ सय ९४ जना हिरासतमा रहेका छन् । आइतबार राती पक्राउ परेकामा संसदका सदस्य म्यान्टुओओ पनि थिए। 
 

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, फागुन १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्