Kathmandu Press

ओलीकाे अधिनायकवादविरुद्ध संयुक्त आन्दोलन आवश्यक : मोहनविक्रम सिंह

बाग्लुङ, फागुन १० : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी ओलीको अधिनायकवादविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।प्रगतिशील पत्रकार संघद्वारा सोमबार बागलुङमा...
ओलीकाे अधिनायकवादविरुद्ध संयुक्त आन्दोलन आवश्यक : मोहनविक्रम सिंह
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह । फाइल तस्बिर

बाग्लुङ, फागुन १० : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी ओलीको अधिनायकवादविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रगतिशील पत्रकार संघद्वारा सोमबार बागलुङमा आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेससहितका सबै दलको संयुक्त आन्दोलनको बलमा संसद् पुनःस्थापना गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले आफैं असंवैधानिक काम गरेर आफैंले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्क्याएको प्रति उनले आपत्ति जनाए।

उनले प्रधानमन्त्री ओलीले मुलुकमा निरंकुशता लाद्न खोजेको आरोप लगाए । नेपालमा विदेशी हस्तक्षेप बढ्ने खतरा देखिएको र त्यसको मतियारका रूपमा ओली उभिएको टिप्पणी उनले गरे।

मुलुकमा संवैधानिक संकट र पार्टी फुटको समस्या आउँदा विदेशी शक्तिले चलखेल गर्ने र गणतन्त्र, धर्म निरपेक्षतालगायत सबै उपलब्धि पनि गुम्न सक्ने उल्लेख गर्दै उनले अध्यक्ष भएकाले ओलीले नै नेकपा फुट्नबाट बचाउनुपर्ने धारणा व्यक्त गरे। संसद् पुनःस्थापना गरेर समस्या हल गर्नुपर्ने उनको भनाइ थियो। 
 

प्रकाशित मिति: १३:३३ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्