प्रधानमन्त्रीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड
काठमाडौं, फागुन १० : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दाङ देउखुरीको राप्ती नदीको शिलालेख तोडफोड भएको छ ।ओलीले गत माघ १२ गते...
काठमाडौं, फागुन १० : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दाङ देउखुरीको राप्ती नदीको शिलालेख तोडफोड भएको छ ।
ओलीले गत माघ १२ गते नेपालको दोस्रो लामो दाङ देउखुरीको राप्ती नदीको पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको हो । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको भएको छ । कसले र किन शिलालेख तोडफोड गर्यो भन्ने बारेमा आधिकारीक जानकारी भने आईसकेको छैन् ।
शिलालेखमा लेखिएको विवरणमा त्रुटि भएको विषयमा उद्घाटनको दिन महादेवा क्षेत्रका स्थानीयबासिन्दाले सुझाव दिएका थिए । पुल महादेवाको क्षेत्रमा बनेको तर, पुलको नाम शिलालेखमा सिसहनिया पुल लेखिएको भन्दै गुनासो आएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ साल मंसिर २२ गते शिलान्यास गरेका थिए ।
झण्डै एक अर्ब रुपैयाँको लागतमा बनेको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तर, पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो ।











