औद्योगिक क्षेत्र शिलान्यास गर्न ओली कञ्चनपुर जाँदैं
काठमाडौं, फागुन १० : कञ्चनपुरको बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउँदैछन् ।प्रधानमन्त्री...काठमाडौं, फागुन १० : कञ्चनपुरको बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउँदैछन् ।
प्रधानमन्त्री ओली कञ्चनपुर आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्।
प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्। कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ।
प्रकाशित मिति: ०७:३६ बजे, सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











