Kathmandu Press

म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

काठमाडौं, फागुन १० : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ।   आइतबार राति भएको खेलमा सिटीले आर्सनलमाथि...
म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

काठमाडौं, फागुन १० : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ।  

आइतबार राति भएको खेलमा सिटीले आर्सनलमाथि १-० गोल अन्तरको जित निकालेको हो । आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे।

यस जितसँगै सिटीले सबै खाले प्रतियोगिता गरी लगातार ११ अवे खेलमा जित निकालेको छ। सिटीले सन् २०१७ मा आफैले बनाएको लगातार ११ अवे जितको कीर्तिमानमा बराबरी समेत गरेको छ।​

आर्सनलविरुद्धको जितसँगै सिटीले लिगमा १० अंकको अग्रता बनाएको छ। सिटीले २५ खेलमा ५९ अंक जोडेको छ। आर्सनल भने लिगको दशौँ स्थानमा रहेको छ। आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ।

यस्तै गएराति नै भएको खेलमा म्यान्चेष्टर युनाईटेडले न्यूक्यासललाई ३ १ले हराउँदै दोस्रो स्थानमा छ। उसको २५ खेलबाट ४९ अंक छ।  अर्को खेलमा लेष्टर सिटीले एस्टन भिल्लालाई २ १ गोल अन्तरले हराएको छ।  जितसँगै लेष्टर लिगको तेस्रो स्थानमा छ। 

प्रकाशित मिति: ०७:२२ बजे, सोमबार, फागुन १०, २०७७