भारतमा कोरोना संक्रमितको संख्या १ करोड १० लाख
काठमाडौं, फागुन १० : भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १३ हजार ९८० जनामा...
काठमाडौं, फागुन १० : भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १३ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ करोड १० लाख ५ हजार ७१ पुगेको हो। पछिल्लो २४ घण्टामा थप ७९ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ४१८ पुगेको हो । भारतमा हालसम्म १ करोड ६ लाख ९७ हजार १४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०७:१४ बजे, सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











