Kathmandu Press

काडिचसँग बराबरीमै रोकियो बार्सिलोना

काडिचसँग बराबरीमै रोकियो बार्सिलोना

काठमाडौं, फागुन ९ : स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। आइतबार राति घरेलु मैदान क्याम्प नेउमा बार्सिालोना काडिच सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

क्याम्प नेउमा ३२औं मिनेटमा कप्तान लियोनल मेसीको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो। काडिचका डिफेन्डरले पेड्रीलाई डिबक्समा लगाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो।

८९औं मिनेटमा एलेक्स फर्नान्डेसले गोल गर्दै बार्सिलोनासँग एक अंक खोसे। क्लेमेन्ट लेगनेटले डिबक्समा काडिचका सोब्रिनोलाई फाउल गरेपछि काडिचले पेनाल्टी पाएको थियो।

काडिचसँग अंक बाँड्न बाध्य भएपछि बार्सिलोनाले लिगको दोस्रो  स्थानको रियल मड्रिडसँगको अंक दूरी घटाउने अवसर गुमायो। २३ खेलमा ४७ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ।

दोस्रो स्थानको रियलको ५२ र शीर्ष स्थानको एट्लेटिको मड्रिडको ५५ अंक छ। काडिच २५ अंकका साथ १४औं स्थानमा छ।

प्रकाशित मिति: २१:३९ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्