Kathmandu Press

फोन गरेर तीन बैंकबाट यसरी पाइन्छ दुई लाखसम्म लोन

काठमाडौं, फागुन ९ : आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य...
फोन गरेर तीन बैंकबाट यसरी पाइन्छ दुई लाखसम्म लोन

काठमाडौं, फागुन ९ : आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ। एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ।

फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ। हाल ‘फोन लोन’को सुविधा तीनवटा वाणिज्य बैंकले दिइरहेका छन्, नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंक।

नेपालमा पहिलोपटक शुरु भएको फोन लोनमार्फत सय दिनमा कूल एक हजारले ऋण लिएका छन्। निजी क्षेत्रको सेवाप्रदायक एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिमा आकर्षण देखिएको छ।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार ऋण मोबाइलबाट लिन सक्नेछन्। बैंकमा नियमित कारोवार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको सम्बन्धित बैंकले जनाएको छ।

बैंकले दुई लाख रुपैयाँसम्म ऋण  दिने गरेका छन्। बैंकमा खाता भएका व्यक्तिले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ।

यसका लागि बैंंकसम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झटसमेत हुँदैन। ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रियाबिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन्।

विनाधितो, विनाकागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले जानकारी दिए। उनले भने, “एफवान सफ्टले जहिले पनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ। यसै क्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास ग¥यौँ।”

यो सुविधामा अहिले बैंकमा आकर्षण निकै देखिएको छ। आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिइएको ढकालले बताए।

एफवान सफ्ट नेपालको डिजिटल वित्तीय सेवा कम्पनी हो। कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ। यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको गरेको छ। (रासस)

 

प्रकाशित मिति: २१:१३ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्