Kathmandu Press

ओलीलाई पौडेलको चुनौति- ‘प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउनुस्!’

सप्तरी, फागुन ९ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउन चुनौति दिएका छन्।आइतबार सप्तरीको राजविराजमा...
ओलीलाई पौडेलको चुनौति- ‘प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउनुस्!’

सप्तरी, फागुन ९ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउन चुनौति दिएका छन्।

आइतबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउनु आपत्तिजनक भएको बताए। उनले प्रधानमन्त्रीको कुसीमा बसेर आन्दोलनको धम्की नदिन ओलीलाई सुझाब दिए।

प्रधानमन्त्रीको कुर्सीमा बसेर आन्दोलन गर्न नसुहाउने जनाउँदै त्यो छोडेर आउन चुनौति दिए। पौडेलले भने, ‘म सप्तरीको राजविराजबाट प्रधानमन्त्रीलाई आह्वान गर्छु प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउनुस्! हेरौं कस्तो आन्दोलन गर्नुहुन्छ?’

प्रतिनिधिसभा पुनःस्थापना हुने बितिक्कै ओली समाप्त हुने पौडेलको भनाइ थियो। उनले प्रधानमन्त्री ओलीलाई लोकतन्त्रका लागि खतरा भएको जिकिर गरे।

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क रहेको बताए। ‘कोही भ्रममा नरहँदा हुन्छ, प्रतिनिधिसभा विघटन असंवैधानिक हो, पुनर्स्थापनाले मात्र संर्वाधिक हुनसक्छ,’ पौडेलले भने, 'जतिसुकै सेटिङ गरेपनि अदालत संबिधान बाहिर गएर फैसला गर्न सक्दैन।’

संविधानलाई अदालतले पनि नउल्टाउने उनको भनाइ थियो।

प्रकाशित मिति: १९:०५ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्