Kathmandu Press

पर्वतीय खेलकूद महोत्सव स्थगित

पोखरा, फागुन ९ : फागुन तेस्रो सातादेखि गण्डकी प्रदेशमा सञ्चालन हुने भनिएको आठौं पर्वतीय खेलकूद महोत्सव स्थगित भएको छ।आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेसन’ले...
पर्वतीय खेलकूद महोत्सव स्थगित

पोखरा, फागुन ९ : फागुन तेस्रो सातादेखि गण्डकी प्रदेशमा सञ्चालन हुने भनिएको आठौं पर्वतीय खेलकूद महोत्सव स्थगित भएको छ।

आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेसन’ले विज्ञप्ति जारी गरी महोत्सव हाललाई स्थगित गरिएको जनाएको छ। महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्चालन गर्ने तालिका तय भएको थियो। 'प्राविधिक कारण महोत्सव स्थगित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।

फेडेरेनिले महोत्सवको नयाँ तालिका चाँडै तय गरिने जनाएको छ। महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, गल्फलगायत खेल खेलाइने तयारी थियो।

 

प्रकाशित मिति: १८:४६ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्