Kathmandu Press

नवनियुक्त प्रदेश प्रमुख झालाई १०१ किलोको माला

जनकपुरधाम, फागुन ९ : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई आइतबार जनकपुरधाममा १०१ किलोको माला लगाइएको छ।नेकपा (ओली) समूहका युवाले...
नवनियुक्त प्रदेश प्रमुख झालाई १०१ किलोको माला

जनकपुरधाम, फागुन ९ : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई आइतबार जनकपुरधाममा १०१ किलोको माला लगाइएको छ।

नेकपा (ओली) समूहका युवाले प्रदेश प्रमुख झालाई जनकपुरमा स्वागत गर्दै १०१ किलोको माला लगाएको हो। युवा संघका केन्द्रीय उपाध्यक्ष संजिव झाको नेतृत्वमा युवाले प्रदेश प्रमुख झालाई माला लगाएर स्वागत गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन्। शुक्रबार नै झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

प्रदेश प्रमुख झाको स्वागत गर्न विमानस्थल पुगेका युवाले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नाराबाजी पनि गरेका थिए।

 

प्रकाशित मिति: १८:३० बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्