साउदीका महिलाले पनि सेनामा भर्ती हुन पाउने

काठमाडौं, फागुन ९ : साउदी अरब राज्यले महिलालाई पनि सेनामा भर्ती गर्ने भएको छ । आइतबार राज्यले सशस्त्र बलमा महिलालाई भर्ती गर्न खुल्ला गरेको हो ।
अरब न्यूजको अनुसार साउदीका महिलाहरु लान्स कोपरल, कोपरल, सार्जन्ट र स्टाफ सार्जटमा भर्ती हुन सक्नेछन् । महिला आवेदकको लागि केहि थप मापदण्ड थपिएको छ ।
यो कदम राज्यमा महिलाको अधिकार वृद्धि गर्न लक्षित श्रृंखला को नयाँ कदम हो । यो योजना पहिलो पटक सन् २०१९ मा घोषणा गरिएको थियो ।
प्रकाशित मिति: १६:५३ बजे, आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












