Kathmandu Press

रिक्त पद पूर्ति गर्न दाहाल–नेपालबीच नौ बुँदे सहमति 

काठमाडौं, फागुन ९ : नेकपा दाहाल–नेपाल समूहले पार्टीका विभिन्न कमिटी तथा जनसंगठनमा रिक्त पदाधिकारी तथा सदस्य पूर्तिका लागि नौबुँदे मापदण्ड तय गरेको छ ।...
रिक्त पद पूर्ति गर्न दाहाल–नेपालबीच नौ बुँदे सहमति 

काठमाडौं, फागुन ९ : नेकपा दाहाल–नेपाल समूहले पार्टीका विभिन्न कमिटी तथा जनसंगठनमा रिक्त पदाधिकारी तथा सदस्य पूर्तिका लागि नौबुँदे मापदण्ड तय गरेको छ । समूहका शीर्ष नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपालको हस्ताक्षरबाट आइतबार जारी मापदण्डले संगठनात्मक पूर्णताका लागि मार्गप्रशस्त गरेको छ।

मापदण्डमा प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरू तथा जनसंगठनका पदाधिकारीहरूमा सामान्यतया साबिकको जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गर्ने उल्लेख छ । त्यसो गर्दा  ५० प्रतिशत हुनेगरी मिलाउने भनिएको छ।

‘सामान्यता पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०/५० प्रतिशत हुनेगरी गर्ने,’ मापदण्डमा भनिएको छ, ‘विशेष परिस्थितिमा विशेष व्यवस्था गर्न सकिनेछ।’

त्यस्तै रिक्त स्थान पूर्ति गर्दा साबिक घटकको कमिटी र जनसंगठनमा वरीयतामा अगाडि रहेकालाई प्राथमिकता दिने, महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने पनि मापदण्डमा उल्लेख छ।

एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताका आधारमा जिम्मेवारी दिनुपर्ने भए पनि विशिष्ट स्थितिमा स्थानीय आयश्यकताअनुसार प्रदेश कमिटीले निर्णय गर्ने व्यवस्था पनि मापदण्डले गरेको छ।

‘पार्टी केन्द्रीय कमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिका रूपमा उपयुक्त व्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने,’ मापदण्डमा उल्लेख छ ।
साबिक नेकपा एमाले पंक्तिमा रहेका गुट तथा फुटपरस्तहरूले कार्यकतालाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाई चिर्न सक्ने कुरामा विशेष ध्यान दिने पनि मापदयडमा बताइएको छ।

पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गिय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरूको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने सहमति पनि भएको छ।

विगतमा नेकपा एमाले–माओवादी केन्द्रबीच एकता हुँदा ६०/४० को अनुपात कायम गरिएको थियो।

प्रकाशित मिति: १६:२७ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्