Kathmandu Press

स‌सद् पुनर्स्थापनाको विकल्प छैन : कोइराला

काठमाडौं, फागुन ९ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् पुनर्स्थापनाको विकल्प नभएको जिकिर गरेका छन्।मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
स‌सद् पुनर्स्थापनाको विकल्प छैन : कोइराला

काठमाडौं, फागुन ९ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् पुनर्स्थापनाको विकल्प नभएको जिकिर गरेका छन्।

मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्चले कुन धारा टेकेर संसद् विघटनको असंवैधानिक कमदलाई सदर गर्दो रहेछ भनेर तीन करोड जनताले नियालिरहेको बताए । मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएकोप्रति पनि उनले आपत्ति जनाए।

सामाजिक सञ्जाल निर्देशिका ल्याएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोज्नुलाई नेता कोइरालाले अधिनायकवादको परिणतिको संज्ञा दिए।

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्