Kathmandu Press

ओली समूहका सांसद नआउँदा बैठक सुरु भएन

ओली समूहका सांसद नआउँदा बैठक सुरु भएन

विराटनगर, फागुन ९ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा बैठक रोक्ने प्रयासका बाबजुद सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेपछि बैठक बस्न लागेकाे छ । तर नेकपा ओली समूहका सांसदहरू उपस्थित नहुँदा २ बजेलाई डाकिएको बैठक अझै सुरु हुन सकेको छैन। 

बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । तर मुख्यमन्त्री राईले बैठक रोक्न बिहानैदेखि सभामुख भण्डारीलाई आग्रह गरेका थिए।

पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि माघ २४ गतेको बैठकमा पनि छलफल गर्ने कार्यसूची थियो । तर नेकपा ओली समूहले अवरुद्ध गरेपछि दुई साताका लागि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्