Kathmandu Press

मकवानपुरमा प्रहरीमाथि स्थानीयको आक्रमण

शनिबार साँझ साढे ५ बजे राक्सिराङ गाउँपालिका–१ स्थित गाल्छाराङस्थित बारीमा लुकाइ राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरी इलाका प्रहरी कार्यालयका, नेवारपानीबाट खटिएको टोलीमाथि हातपात भएको हो । 
मकवानपुरमा प्रहरीमाथि स्थानीयको आक्रमण

मकवानपुर, फागुन ९ : मकवानपुरमा प्रहरी टोलीमाथि स्थानीयले हातपात गरेका छन् । 

शनिबार साँझ साढे ५ बजे राक्सिराङ गाउँपालिका–१ स्थित गाल्छाराङस्थित बारीमा लुकाइ राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरी इलाका प्रहरी कार्यालयका, नेवारपानीबाट खटिएको टोलीमाथि हातपात भएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कुपिनटार स्थित सडकमा स्थानीयहरूले अवरोध गरेका थिए।

प्रहरी तथा प्रहरीको गाडीमा हातपात गरेको र स्थितिलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाइ फायरसमेत गरेको प्रहरीले जनाएको छ । 

कुपिनटारबाट १५ किलो गाँजा र १४ किलो भाङ बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले यससम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्