Kathmandu Press

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय

जेरुसेलम, फागुन ९ : इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान...
फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय

जेरुसेलम, फागुन ९ : इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । 

इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ ।

Hardik ivf

मन्त्रालयका अनुसार झण्डै २८ लाख ८० हजार व्यक्तिलाई दुई डोज खोप दिइएको छ । 

खोप लिएका व्यक्तिमा गरिएको अनुसन्धानबाट खोपले झण्डै ९५.८ प्रतिशत प्रभावकारी प्रमाणित भएको मन्त्रालयको भनाई छ । साथै, फाइजरको खोप गम्भीर बिरामी व्यक्तिका लागि ९९.२ प्रतिशत र मृत्युदर रोक्न ९८.९ प्रतिशत सफल रहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका महानिर्देशक हेजी लेभीले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले १६ वर्ष वा सोभन्दा माथिका सबै जनतालाई खोप लगाउने योजना रहेको उल्लेख छ । इजरायलले बजारमूल्य भन्दा बढीमा फाइजर खोप किन्नुका साथै अमेरिकी कम्पनी फाइजरसँग डेटा आदानप्रदान गर्न सहमति जनाएको छ । 

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्