Kathmandu Press

मकैको बीउ बजार पुर्‍याउने तयारी (फोटो फिचर)

समुद्री सतहदेखि सात सय मिटर उचाइसम्म हाइब्रिड रामपुर-१० मकै खेती गर्न सकिन्छ। नेपालमै विकास भएकाले नेपाली हावापानी सुहाउँदोपनि छ यो। यो उच्च तापक्रम पनि सहन सक्ने जात हो।
मकैको बीउ बजार पुर्‍याउने तयारी (फोटो फिचर)

काठमाडौं, फागुन ९ : चितवन रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमअन्तर्गत् संकलित मकै छोडाएर बीउका रूपमा बजार पुर्‍याउने तयारी धमाधम छ, यतिबेला।

कार्यक्रमले पहिलोपटक १७ वर्षअघि सन् २००३ मा नेपालमै ‘गौरव’ नामको मकैको हाइब्रिड जात विकास गरेको थियो। तर, त्यसको व्यावसायिक उत्पादन फस्टाउन सकेन। त्यसपछि रामपुर हाइब्रिड-२, रामपुर-४, रामपुर-६ र रामपुर-८ तयार भए। तीन वर्षअघि सन् २०१७ मा तयार भएको रामपुर-१० भने किसानले रुचाएको पाइयो। र, व्यावसायिक रूपमा बीउ उत्पादन सुरु भयो।

समुद्री सतहदेखि सात सय मिटर उचाइसम्म हाइब्रिड रामपुर-१० मकै खेती गर्न सकिन्छ। नेपालमै विकास भएकाले नेपाली हावापानी सुहाउँदो पनि छ यो। यो उच्च तापक्रम पनि सहन सक्ने जात हो।

Hardik ivf

सरकारले ०२९ सालमा विशेष बालीलाई जोड दिन थालेको हो, जसमा मकै, धान, गहुँ, उखु र आलु परे। सोही उद्देश्य परिपूर्ति गर्न राष्ट्रिय मकैबाली विकास कार्यक्रम सुरु भयो।

०४८ सालमा कृषि अनुसन्धानलाई छुट्टै स्वायत्त संस्थाको रूपमा लागू गर्न उचित देखिएको भन्दै नेपाल कृषि अनुसन्धान परिषद् ऐन लागू गरियो, जसअन्तर्गत नेपालको सम्पूर्ण कृषि क्षेत्रको अनुसन्धान गर्ने जिम्मा परिषद्ले पायो। सोहीअन्तर्गत विकास कार्यक्रमलाई मकैबाली अनुसन्धान कार्यक्रम नामकरण गरिएको हो।

प्रकाशित मिति: ११:१४ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्