अपहरणको ७ घण्टापछि बालकको सकुशल उद्दार, परिवारकै सदस्य शंकाको घेरामा
जनकपुरधाम, फागुन ९ : धनुषाबाट अपहरणमा परेका बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरण भएको ७ घन्टापछि धनुषाको नगराइन नगरपालिका– ६ लगमाको पछियारी टोलका रमेश...
जनकपुरधाम, फागुन ९ : धनुषाबाट अपहरणमा परेका बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
अपहरण भएको ७ घन्टापछि धनुषाको नगराइन नगरपालिका– ६ लगमाको पछियारी टोलका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासको प्रहरीले सकुशल उद्धार गरेको हो ।
शनिवार १ बजे खेल्न निस्केका चन्दन साढे चार बजेसम्म घर नआएपछि परिवारले उनको खोजी सुरू गरेको थियो। त्यसको केही समयमै चन्दनकी आमाको मोबाइलमा अपिरिचित नम्बरबाट उनका छोराको अपहरण गरिएको भनी फोन आएको थियो।अपहरणकारीले छोरा सकुशल चाहिमा आफूले मागेजति रकम दिनु पर्ने भन्दै एक करोड रुपैयाँ मागेका थिए।
बालकको अपहरमा संलग्न भएकाृे आरोपमा उनका मामासहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालकको नातामा मामा पर्ने लक्ष्मीनारायण दास र अर्का एक शंकास्पद व्यक्ति छन्।
प्रकाशित मिति: १०:४० बजे, आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











