ब्राजिलमा कोरोना संक्रमणबाट २ लाख ४६ हजारको मृत्यु
काठमाडौं, फागुन ९ : ब्राजिलमा कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४६ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा १ हजार वढी...
काठमाडौं, फागुन ९ : ब्राजिलमा कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४६ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार वढी संक्रमितको मृत्यु भएसँगै मृतकको कुल संख्या २ लाख ४६ हजार ६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ५७ हजार नयाँ संक्रमित थपिएसँगै मुल संक्रमितको संख्या १ करोड १३ लाख नाघेको छ ।
यस्तै ब्राजिलमा ९० लाख ६७ हजार वढी कोरोनाबाट मुक्त भएका छन् । विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड बढी पुगेको छ। विश्वमा कोरोनाको संक्रमणबाट सबै भन्दा बढी प्रभाव अमेरिकामा परेको छ।
अमेरिकामा हालसम्म २ करोड ८७ लाख, ६ हजार ४ सय ७३ पुगेको छ। अमेरिकामा ५ लाख ९ हजार सय ८ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
प्रकाशित मिति: ०८:५३ बजे, आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












