Kathmandu Press

आज काठमाडौं उपत्यका सहित अधिकाशं स्थानमा मौसम सफा रहने 

काठमाडौं, फागुन ९ : काठमाण्डौ उपत्यकासहित देशका अधिकाशं ठाउँमा आज घाम लागेको छ । पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र...
आज काठमाडौं उपत्यका सहित अधिकाशं स्थानमा मौसम सफा रहने 

काठमाडौं, फागुन ९ : काठमाण्डौ उपत्यकासहित देशका अधिकाशं ठाउँमा आज घाम लागेको छ । पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आज सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

आज नेपालका अधिकांश स्थानमा आशिंक बदली रहने र अन्य भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले दिएको जानकारी अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बाहेक अन्य स्थानमा मौसम सफा रहनेछ ।

दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै राति प्रदेश १ को पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सफा रहनेछ ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रकाशित मिति: ०८:२५ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्