Kathmandu Press

प्रधानमन्त्रीको जंगे शैली लोकतान्त्रिक हुनै सक्दैन् : प्रवक्ता शर्मा 

प्रधानमन्त्रीको जंगे शैली लोकतान्त्रिक हुनै सक्दैन् : प्रवक्ता शर्मा 

काठमाडौं, फागुन ९ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनी दिएको अभिव्यक्ति पदीय विपरीत रहेको बताएका छन् ।

प्रवक्ता शर्माले शनिवार राती सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पदीय गरिमा विपरीत भएको भन्दै विरोध जनाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ। ’

यस्तै उनले न्यायालयको फैसला स्विकार्छौं कहिलै नभन्ने र चेतावनी प्रशारण गर्ने प्रधानमन्त्रीको जंगे शैली लोकतान्त्रिक हुन नसक्ने पनि बताएका छन् । 

प्रकाशित मिति: ०८:१४ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्