मोरङमा दुर्घटना, दुईजनाको मृत्यु
काठमाडौं, फागुन ९ : मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिमी राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी सडक खण्डमा शनिबार साँझ...
काठमाडौं, फागुन ९ : मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिमी राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी सडक खण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो।
उर्लाबारी ४ स्थित भद्रमारी सडक खण्डमा भएको सडक दुर्घटनामा पारी स्कूटीमा सवार उर्लाबारी ८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक उद्वव पोखरेलका अनुसार पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३१ प ५१ स्कुटीलाई विपरित दिशाबाट आएको प्रदेश १-०१-००१ क १०३५ पानी बोक्ने गाडीले ठक्कर दिएको थियो।
स्कुटीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ०७:३५ बजे, आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











