Kathmandu Press

म्यानमारमा चर्कियो आन्दोलन, दुई प्रदर्शनकारीको मृत्यु

काठमाडौं, फागुन ८ : म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।म्यानमारको सङ्कट व्यवस्थापन...
म्यानमारमा चर्कियो आन्दोलन, दुई प्रदर्शनकारीको मृत्यु

काठमाडौं, फागुन ८ : म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।

म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

Hardik ivf

“आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने ।

घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए ।

एक अर्का स्वयम्सेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको सङ्ख्या दुई पुगेको पुष्टि गरे । म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ ।

प्रकाशित मिति: ०७:२० बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्