Kathmandu Press

‘आर्थिक प्रलोभनमा धर्म परिवर्तन गराउने खेल रोक्नु पर्छ’

काभ्रे, फागुन ८ : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले अहिले भइरहेको आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने खेल रोक्नु पर्ने बताएका छन् ।...
‘आर्थिक प्रलोभनमा धर्म परिवर्तन गराउने खेल रोक्नु पर्छ’

काभ्रे, फागुन ८ : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले अहिले भइरहेको आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने खेल रोक्नु पर्ने बताएका छन् । नेपाल गृहस्थ धर्मसेवा सदनले गरेको ‘सहभोज कार्यक्रम’मा उनले पछिल्लो समय विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराउने खेल बढेको भन्दै त्यसलाई रोक्नका लागि जनस्तरबाटै पहलकदमी लिनुपर्ने बताए।

उनले धर्म रक्षाका लागि जनता आफैं जागरुक हुनुपर्ने बताए । ‘धर्मका बारेमा ज्ञान भएको नेतृत्व अहिले मुलुकलाई चाहिएको छ’, नेता प्रधानले भने, ‘परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व हो।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठ, विश्व हिन्दू महासंघका महासचिव गणेश न्यौपाने धर्म रक्षा गर्ने दायित्व जनताको भएको भन्दै धर्म संस्कृतिले समाजलाई अनुशासित र मर्यादित बनाउने बताए।

एक दशक पहिले स्थापना भएको नेपाल गृहस्थ धर्मसेवा सदनले  गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहेको छ।

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, फागुन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्