सरकारसँग वार्ताका लागि विप्लव समूह सकारात्मक
काठमाडौं, फागुन ८ : नेकपा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले शनिबार विज्ञप्ति...
काठमाडौं, फागुन ८ : नेकपा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।
विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले शनिबार विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् । ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं’, उनले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति: १६:२२ बजे, शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











