अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : अमेरिकी विदेशमन्त्री ब्लिंकेन
बीबीसीका अनुसार आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएको बताइएको छ ।
काठमाडौं, फागुन ८ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन् ।
बीबीसीका अनुसार आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएको बताइएको छ । सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेको समाचारमा जनाइएको छ ।
अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ निर्णयलाई उल्टाइएको छ ।
प्रकाशित मिति: १५:५९ बजे, शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












