प्रधानमन्त्रीले आज केही सूचना दिँदै हुनु हुन्छ : नेम्बाङ
काठमाडौं, फागुन ८ : नेकपा ओली समूहका नेता सुवास नेम्बाङले विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले सभामा केही सूचना दिन लागेको बताएका छन् ।
काठमाडौं, फागुन ८ : नेकपा ओली समूहका नेता सुवास नेम्बाङले विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले सभामा केही सूचना दिन लागेको बताएका छन् ।
‘विराटनगर विमानस्थलमा स्वागत गर्न जाँदा प्रधानमन्त्रीको अनुहार उज्यालो देखेको छु । कुनै सूचना सुनाउन गइरहनु भएको छ । के हो भन्नु भएको छैन । म पनि प्रधानमन्त्रीले हामीलाई के सूचना दिनु हुन्छ भनेर पर्खिरहेको छु,’ उनले भने ।
एमिकस क्युरीले प्रतिनिधिसभा विघटनलाई वैधानिक भनिसकेको उनले दाबी गरे ।
‘हामी वैशाख १७ र २७ को निर्वाचन चाहन्छौँ । ती निर्वाचन जनताले अनुमोदन गरिसकेका छन् । राजधानीमा प्रधानमन्त्रीले सोध्नुभयो, के चाहनुहुन्छ ? तलबाट जनताले जवाफ दिए, निर्वाचन चाहन्छौँ,’ उनले भने, ‘जनताले निर्वाचन चाहको फैसला दिइसकेका छन् । हामी सर्वोच्च अदालतको फैसला कुरिरहेका छौँ ।’
११, १२ फागुनमा सर्वोच्च अदालतको फैसला आउने र ढिलोमा १५ फागुन नकट्ने उनले दाबी गरे । अदालतमा विचाराधीन मुद्दालाई लिएर संसद्मा पनि छलफल गर्न नपाइने उनले बताए । सडकबाट पूर्वप्रधानमन्त्रीहरूले अदालतलाई धम्क्याएको आरोप लगाए ।
‘प्रधानमन्त्री सयमा दुई सय प्रतिशत संसद् विघटन फिर्ता हुँदैन भन्नेमा विश्वस्त हुनु हुन्छ,’ उनले भने, ‘हामी पनि प्रधानमन्त्रीसँग विश्वस्त छौँ ।’











