नेकपा ओली समूह मात्र राष्ट्रवादी : मुख्यमन्त्री राई
विराटनगर, फागुन ८ : नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देश निर्वाचनमा गइसकेको बताएका छन् ।
विराटनगर, फागुन ८ : नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देश निर्वाचनमा गइसकेको बताएका छन् ।
नेकपा प्रचण्ड–नेपाल–खनाल समूहले पनि पार्टी दर्ता गरेर चुनावको तयारी थालिसकेको हुन सक्ने आकलन उनको थियो । निर्वाचन आयोगले चुनावको तयारी थालिसकेको उनले दाबी गरे ।
उनले प्रचण्ड–नेपाल समूहलाई ‘दाहाल–नेपाल–खनाल कम्पनी’ संज्ञा दिए । उक्त कम्पनी खुमलटारमा स्थापना र दर्ता गरिएको उनले आरोप लगाए । प्रचण्ड–नेपाल कित्ताको भविष्य नभएको दाबी गरे । ओली समूहलाई ‘कित्ता’ संज्ञा दिए । र, उक्त कित्ता मात्र ‘राष्ट्रवादी कित्ता’ भएको दाबी गरे ।
मुख्यमन्त्रीहरूलाई हटाएर प्रदेशमा भाँजो हाल्न प्रचण्ड–नेपाल समूह लागिपरेको उनले आरोप लगाए ।
प्रकाशित मिति: १४:२६ बजे, शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











