Kathmandu Press

६ लाख घुससहित मालपोत प्रमुख  र लेखापढी व्यवसायी पक्राउ

सिमरा, फागुन ८ : बारामा मालपोत कार्यालयका प्रमुख  र लेखापढी व्यवसायी पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको  टंगालबा खटिएको टोलीले सिमरा उपमहानगरपालिका–२२...
६ लाख घुससहित मालपोत प्रमुख  र लेखापढी व्यवसायी पक्राउ

सिमरा, फागुन ८ : बारामा मालपोत कार्यालयका प्रमुख  र लेखापढी व्यवसायी पक्राउ परेका छन् । 

शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको  टंगालबा खटिएको टोलीले सिमरा उपमहानगरपालिका–२२ जर्गा होटलबाट नायब सुब्बा मनोजकुमार खनाल  र  लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई ६ लाख घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियारका अनुसारदुबैले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै फुकुवा गराउने प्रक्रिया मिलाएबापत घुस मागेका थिए ।  

जग्गा फुकुवा गराइदिएबापत रकम माग गरिरहेको सूचनाका आधारमा गएको टोलीले घुस लिइसकेको अवस्थामा उनीहरुलाई  पक्राउ गरेको हो ।  उनीहरु माथि थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ । 

प्रकाशित मिति: ११:५९ बजे, शनिबार, फागुन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्