ललितपुरबाट १७ जुवाडे पक्राउ
शुक्रबार साँझ प्रहरीले ललितपुर–२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेका उनीहरूलाई ३० लाख रुपैयाँसहित पक्राउ गरेको हो।
ललितपुर, फागुन ८ ः ललितपुरबाट प्रहरीले १७ जना जुवाडेलाई पक्राउ गरेको छ।
शुक्रबार साँझ प्रहरीले ललितपुर–२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेका उनीहरूलाई ३० लाख रुपैयाँसहित पक्राउ गरेको हो।
ललितपुर प्रहरी परिसरका अनुसार सो स्थानबाट ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग हुने क्यारेमको गोटी ५ थान र सिमीको दाना १५० थान बरामद गरिएको छ।
पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन र चिरिकाजी महर्जन रहेका छन्।
प्रकाशित मिति: १०:४३ बजे, शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











