Kathmandu Press

पत्रकार रिजाल र शिवाकोटीलाई पाँच लाख राशिको ‘रोटरी अवार्ड’ 

काठमाडौं, फागुन ८ : पत्रकारिताका माध्यमबाट सुशासन प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेवापत पत्रकारद्वय प्रल्हाद रिजाल र अजयबाबु शिवाकोटीलाई रु पाँच लाख राशिको ‘बसु रोटरी...
पत्रकार रिजाल र शिवाकोटीलाई पाँच लाख राशिको ‘रोटरी अवार्ड’ 

काठमाडौं, फागुन ८ : पत्रकारिताका माध्यमबाट सुशासन प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेवापत पत्रकारद्वय प्रल्हाद रिजाल र अजयबाबु शिवाकोटीलाई रु पाँच लाख राशिको ‘बसु रोटरी इण्टरनेशनल अवार्ड’ प्रदान गरिएको छ ।

रोटरी इण्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले पेशाप्रति इमान्दार भई सुशासन प्रवद्र्धनमा टेवा पुग्ने गरी खोज, अनुसन्धानमूलक लेख रचना प्रकाशन गर्ने दुई पत्रकारलाई हरेक दुई वर्षमा रु पाँच–पाँच लाख  र सम्मानपत्रसहितको उक्त पुरस्कार स्थापना गरेको हो । कार्यक्रममा रोटरी इण्टरनेशनलका निर्वाचित अध्यक्ष शेखर मेहताले पत्रकारद्वय रिजाल र शिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरे । 

रिजाल आर्थिक दैनिकका प्रधान सम्पादक एवं प्रकाशक हुन् भने शिवाकोटी हाम्राकुरा डटकमका प्रधान सम्पादक हुन् । शिवाकोटीले तत्कालीन तत्कालिन संचार मन्त्री गोकुल बाँस्कोटा र सभामुख कृष्ण बहादुर महरा प्रकरण पहिलोपटक सार्वजनिक गरेका थिए । सोही समारोहमा अध्यक्ष मेहताले १३ जनालाई कदरपत्रसहित रु २५ हजार राशिको ‘रोटरी जर्नो अवार्ड’ प्रदान गरे । 

दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई रोटरी गतिविधि प्रवद्र्धन, पुष्पराज आचार्यलाई आर्थिक पत्रकारिताको विकास, अन्नपूर्ण पोष्ट दैनिकका टीका बन्धनलाई वातावरण पत्रकारिता, न्यूज कारोबारडटकमका दीपेन्द्रप्रसाद सिंहलाई शिक्षातर्फ, स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गरेकामा रेडियो सगरमाथाकी सम्झना महर्जन र महिला सञ्चारकर्मीतर्फ नेपाल टेलिभिजनकी विनिता रिजाललाई उक्त पुरस्कार प्रदान गरे ।

यसैगरी प्रदेश नं १ बाट नेपाल टेलिभिजनकी विनु तिम्सिना,  प्रदेश नं २ बाट आवाज एमएमका श्याम बञ्जारा, वाग्मती प्रदेशबाट जनता टेलिभिजनकी कमला हमाल, गण्डकी प्रदेशबाट अन्नपूर्ण एफएमका दीपेन्द्र श्रेष्ठ, लुम्बिनी प्रदेशबाट  नयाँ युगबोध दैनिककी लक्ष्मी आचार्य, कर्णाली प्रदेशकबाट जाजरकोटका कान्तिपुर दैनिकका स्थानीय समाचारदाता भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट कैलालीकी उन्नति चौधरीलाई पनि अध्यक्ष मेहताले उक्त पुरस्कार प्रदान गरे । 

प्रकाशित मिति: ०८:१९ बजे, शनिबार, फागुन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्